मिस तामाङ पोखरा ग्राण्ड फिनाले भोली

पाेखरा | माघ ११, २०८१

मिस तामाङ पोखरा ग्राण्ड फिनाले भोली

पोखरा:    मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ १२ गते भोलि (शनिबार) हुँदैछ ।   बैदाम तामाङ सेवा समाजको आयोजनामा  नवौं संस्करणको मिस तामाङ पोखराको सम्पुर्ण तयारी पुरा भएको छ । प्रतियोगिता पोखरा सभागृह हलमा मध्यान्ह १२ बजेबाट शुरु हुने आयोजक संस्थाका अध्यक्ष ज्याक तामाङले बताए ।


प्रतियोगितामा ११ जना तामाङ समुदायका युवतीहरुको सहभागिता रहेको छ । सहभागीहरुमा आकृति तामाङ, मञ्जिता पाख्रिन, प्रिन्सेस घिसिङ तामाङ, पुर्णिमा थिंङ्ग तामाङ, सुनिता तामाङ, शिशा लामा, सुप्रिया गोले तामाङ, पुर्णिमा लामा, सुमिना तामाङ, जमुना लामा र सोनिका तामाङ रहेको कार्यक्रम संयोजक रोश्मा ब्लोन तामाङले जानकारी दिए ।


प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित रु १ लाख नगद तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछिन । फस्ट रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजार पुरस्कार समेत प्राप्त गर्नेछन ।


कार्यक्रमको मुल संयोजकमा पुर्व मिस तामाङ पोखरा रोश्मा ब्लोन तामाङ, सह संयोजक रोशिला तामाङ रहेका छन् । कार्यक्रमको प्रमुख निर्णायकमा चलचित्र निर्देशक तथा नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसी, मिस नेपाल २००९ जेनिशा मोक्तान, गीतकार तीर्थ तामाङ रहनेछन भने चर्चित कलाकार विशाल काल्तान, राजेन्द्र नेपाली लगायतका कलाकारको प्रस्तुती रहने छ । कार्यक्रमबाट बचत रकम पेमा धेछेन्लिङ तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने आयोजकले जनाएको छ 

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्